धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली काँग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चूडामणि ठकुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
साउँदले ठकुराठीलाई ठुलो मतान्तरले पराजित गरेका छन् । साउँदले ७३४ मत पाउँदा ठकुराठीले ७६ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।