२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक

अ+ अ-

काठमाडौँ । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताए ।

भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेको श्रम मन्त्रालयले जनाएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन् । सन् २०२० मा भएको श्रम सम्झौताअनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा एक हजार १७५ जनालाई इजरायलले रोजगारी प्रदान गरेको छ ।

केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू छिट्टै रोजगारीका लागि इजरायल जाँदैछन् । योग्यता प्रणालीअनुरूप रोष्टरमा रहेका बाँकी ४२५ जनालाई समेत रोजगारीको अवसर दिन नेपालले आग्रह गरिरहेको छ ।