२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्ली सरकारद्वारा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गर्ने, सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव

अ+ अ-

नयाँ दिल्ली । भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी सहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ।

यसबाहेक दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ।

सङ्घीय सरकार र दिल्ली, पन्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरू बीचको बैठकलाई भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु सङ्कटसँग लड्न आदेश दिएको थियो जसका कारण विद्यालयहरू बन्द भएका छन् ।

आजको पन्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले) केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौँ, दिल्लीका वातावरणमन्त्री गोपाल राईले मिडियालाई भने। मन्त्री राईले निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्ने र एनसीआरमा उद्योगहरू पनि बन्द गर्नुपर्ने बताएका छन् ।

उनले बताएका छन् कि दिल्ली सरकारले सप्ताहन्तमा लकडाउनको प्रस्ताव गरेको छ र तिनीहरू यसका लागि तयार छन्। ‘अब अदालतको निर्देशनमा भर पर्छ,’ उनले भने । दिल्ली सरकारले राजधानीको वायु प्रदूषण बढ्नुमा छिमेकी राज्यहरूमा पराल जलाएको आरोप लगाउँदै आएको छ।

सोमबार सङ्घीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ ।

नोभेम्बरको सुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ ।

औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप सहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ ।

प्रतिक्रिया दिनुहोस