बारले प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बारले प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न नेपाल बार एशोसिएसनले आइतबार पनि धर्ना दिने भएको छ ।

बारको आह्वानमा कानुन व्यवसायीहरुले आज (शुक्रबार) सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए ।

धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताएका हुन् ।

आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए ।

आइतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै श्रेष्ठले भने, ‘हामी सर्वोच्च अदालतको प्राङ्गणमा धर्ना दिन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस