प्रधानन्यायाधीश जबरालाई भोली अदालत प्रवेश गर्न नदिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश जबरालाई भोली अदालत प्रवेश गर्न नदिने


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ। कानुन व्यवसायीहरुले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने बताएका छन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले बिहीबार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी शुक्रबारको आन्दोलनबारे जानकारी गराएका हुन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने जानकारी गराएका सर्वोच्च बारका सदस्य डा। रामहरि त्रिपाठीले जानकारी दिए ।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो । सो घटनामा बारका महासचिवसहित ६ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस