२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताए । मन्त्री आलेले थप दुईवटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन्। उनले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिएका छन् ।

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीनवटा बस गोल्डेन गेटमा र सोही सङ्ख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिनेछ ।

खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टकासाट गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ गह्रुङ्गो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको हो । यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् ।