३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी- विदेश मन्त्री स्वराज

अ+ अ-

काठमाडौँ । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गरेकी हुन् । उनले मन्त्री डा. महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन लागेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताइन् ।

उनले नेपालको निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढीकरणमा थप सघाउ पुगेको धारणा राखिन् ।

सो अवसरमा मन्त्री डा. महतले नेपालको निर्वाचनका लागि भारतले पु¥याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । भेटका क्रममा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषय र नेपालका राष्ट्रपतिको हालै सम्पन्न भारत भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । सो क्रममा द्विपक्षीय सहयोगका आयोजनाका बारेमा समीक्षा गर्दै समयमै सम्पन्नताका लागि उनीहरुले जोड दिए ।

सो भेटमा मन्त्री डा. महतले यसअघि नेपाल र भारतका मन्त्रिस्तरीय बैठकमा भएका सहमतिको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारी रुपमा अघि बढाई आपसी हित प्रवद्र्धनका क्षेत्रमा काम गर्न सक्नेगरी उपयोग गर्न आग्रह गरे ।

डा. महत भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनको उद्घाटनका लागि शुक्रबार बिहान नयाँ दिल्ली पुगेका हुन् । शुक्रबार साँझदेखि सुरु हुने उक्त सम्मेलनमा नयाँ दिल्लीस्थित नेपाल हेर्ने ७० भन्दा बढी देशका राजदूतको सहभागिता रहनेछ ।

नेपालले पहिलो पटक गर्न लागेको सो सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायत विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञको प्रस्तुति रहनेछ । मन्त्री डा. महत शनिबार स्वदेश फर्कने कार्यक्रम रहने परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस