निर्वाचन संविधानले तोकेकै समयमा हुन्छ : माधव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचन संविधानले तोकेकै समयमा हुन्छ : माधव नेपाल


१८ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसद्‍को निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन् ।

बिहीबार नेकपा एकीकृत समाजवादी मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपालले कसैले चाहँदैमा संघीय संसद्‍को निर्वाचन चाँडै नहुने बताएका हुन् ।

उनले राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने भन्दै उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन वा टुटाउन नसक्ने पनि ठोकुवा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस