२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाटो पहिल्याउन नसकेर अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

अ+ अ-

गलेश्वर । म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी आज जोमसोम विमानस्थतल लगेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो । मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले हिडन भ्यालीमा तीन स्पेनी र छ नेपाली गाइड अलपत्र परेपछि उद्धार गरी जोमसोम विमानस्थल ल्याइएको जानकारी दिए।

नौ जनालाई फिस्टेल एयरको हेलिकप्टरले तीनपटक ओसारेर मुस्ताङको जोमसोम लगेको थियो । उद्धार गरिएकामध्ये तीनै जना स्पेनी नागरिक र एक नेपाली भने आजै काठमाडौँ गएको जनाइएको छ । हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात सुरु भएको छ । म्याग्दी र मुस्ताङका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।