२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा रेलवे स्टेसनमा छुरा प्रहार, १७ जना घाइते

अ+ अ-

काठमाडौँ । जापानमा रेलवे स्टेसनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन् ।

राजधानी टोकियोस्थित भूमिगत रेलवे स्टेसनमा एक अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको बिबिसीले जनाएको छ ।

भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेसनमा जथाभाबी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । टोकियोको पश्चिममा रहेको काकुरियो स्टेसनमा घटना भए लगत्तै यात्रुहरु रेलको झ्यालबाट हाम फालेका दृश्यहरू टेलिभिजनमा प्रसारण भएका थिए ।

घटनामा संलग्न रहेको आशङ्कामा २० वर्षीय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । चक्कु प्रहार भए लगत्तै गाडीमा आगजनीसमेत भएको बताइएको छ । सो व्यक्तले नै सवारीसाधनमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भए लगत्तै यात्रुहरुबीच भाग दौड भएका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भए पनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ ।

गत अगस्टमा टोकियोमा गुडिरहेको रेलमा छुरा प्रहार हुँदा १० जना घाइते भएका थिए । सन् २०१९ मा पनि विद्यालयको बस कुरेर बसेका विद्यार्थीको समूहमा आक्रमण गर्दा २ जनाको मृत्यु र १८ जना घाइते भएका थिए ।