२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपीडित भन्छन्– ‘चामल नदेऊ , धानखेत बनाइदेऊ’

अ+ अ-

कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ ।

विगतका वर्षभन्दा यस वर्ष किसानको धान निकै राम्रोसँग फलेको थियो । उनीहरु कात्तिक २ गते काट्ने तयारी गर्दै थिए । यद्यपि दसैँका कारण उनीहरुले धानबाली भण्डारण गर्न पाएका थिएनन् । दुर्भाग्य: एक दिनको पर्खाइले उनीहरुको जिउने आधार बगर बन्न पुग्यो । पसिना बगाएर फलाएको अन्नबाली बाढीले बगाउँदा अहिले त्यहाँका किसान भोकमरीको चिन्ताले पिरोलिन थालेका छन् ।

तिला–४ जुम्ला साँपुल्लीगाउँका पशुपति शाहीलाई दसैँको खुसी प्राकृतिक विपत्तिले राम्रैसँग लुटेको दुखेसो पोखे । उनले भने, ‘दसैँ मनाए लगत्तै धान भण्डारण गर्ने योजनामा थियौँ । तर विपत्तिले हाम्रो श्रम, मेहेनत र पसिना सबै बगायो । एक दिनको पर्खाइले पुर्पुरोमा हात लगाउनुपर्ला भन्ने कुनै कल्पना गरेका थिएनौँ । अहिले त हामी सुकुम्वासीजस्तै भएका छौँ ।’

बाढीले अन्न उत्पादन गर्ने धानखेत बगर बनेको दुःख पोख्दै उनले सरकारले दुई कट्टा चामल दिनुभन्दा धानखेत बनाउन सहयोग पुर्‍याए दीर्घकालीन समस्या समाधान हुने बताए । सोही वडाका बाढीपीडित पद्मकौंरा शाहीले यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकार बेवास्ताग्रही रहेको दुखेसो पोखे ।

‘जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत–खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्’, शाहीले भने, ‘यो त उनीहरु सबैको झुठको खेती रहेछ । कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ।’

बाढीपीडित हाँसु सुनारले आफ्नो धानखेतको कुनै अवशेष नरहेको जनाए । धानखेतमा बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरु सबै गुमेको सुनारले दुखेसो पोखे । बाढीले दलित तथा गरिबहरुलाई ठुलो समस्या परेको छ । प्राकृतिक विपत्तिले रु एक अर्ब बराबरको क्षति भएको विषयमा गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति हुँदै प्रदेश तथा सङ्घ सरकारसँग तत्काल राहत र दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमका लागि अनुरोध गरिएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिए ।

बाढीले झोलुङ्गे तथा काठे पुलहरु बगाइदिएपछि तिला गाउँपालिका–४ जुम्लास्थित नुवाकोट, रावतवाडा र साँपुल्ली गाउँका स्थानीयवासीलाई आवागमनमा ठुलो समस्या भएको छ । रावतवाडा गाउँका नागरिक पुल नहुँदा पाँच मिनेटमा पुग्न ठाउँ अहिले करिब दुई घण्टा पैदल हिँड्नुपरेको छ । बाढीपश्चात् आजभोलि त्यहाँका बासिन्दा धमिलो नदीको पानी खान बाध्य छन् ।

विद्युत् नहुँदा तिला तथा तातोपानी गाउँपालिका–४ जुम्लाका स्थानीय समुदाय अन्धकारमा रात बिताउँदै आएका छन् । कात्तिक २ गते रातिको बाढीले यहाँ चार वटा विद्युत् गृह ध्वस्त बनाएको थियो । सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाढीले तातोपानी गाउँपालिका–४ गिरीखोला जुम्लाको सिँचाइ क्षेत्रमा मात्र रु १५ करोड क्षति पुर्‍याएको छ ।

बाढीले यहाँका घर, विद्यालय, विद्युत्, स्याउ बगैँचा, दर्जनौँ काठका पुल, खानेपानी परियोजना, स्थानीय घट्ट र विशेष गरी चार हजार रोपनीभन्दा बढी धान खेतीयोग्य भूमि बगर बनाएको छ । धेरै किसान सुकुम्वासी हुनुपर्ने समस्या आइलागेको छ ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले घरसहित करेसाबारी क्षति भएकालाई रु आठ लाख ५० हजार र घर क्षति मात्र भएकालाई रु पाँच लाख दिने सरकारले निर्णय गरेको जनाए । धानखेती क्षतिको यकिन विवरणलाई आधार मानी बाढीले ढाकेको र बगर बनाएको अवस्थाअनुसार किसानलाई राहत वितरण तथा क्षतिपूर्ति न्यायिक ढङ्गले गरिने उनले बताए ।