२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा सुत्केरीको हेलिकप्टरमा उद्धार

अ+ अ-

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो ।

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् । साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि खत्रीलाई धनगढी पठाइएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले उद्धारका लागि पहल गरेका थिए । विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो । जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पुर्‍याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्यक्ष धामीले बताए । सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस