२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

विश्विद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र (आरआरसी) बीच शुक्रबार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने एवं प्राचीन अभिलेख, पाण्डुलिपि तथा योग आयुर्वेद, परम्परागत चिकित्सा विधिजस्ता व्यवहारोपयोगी विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्न दुवै पक्षबीच सहमति भएको हो ।

सम्झौतासँगै प्राविधिक क्षेत्रमा फड्को मारिरहेको विश्वविद्यालय र आध्यात्मिक दर्शनको क्षेत्रमा अग्रणी भूमिकामा रहेको महेश संस्कृत गुरुकुलले आपसमा सहयोगको आदान प्रदान गर्ने सहमति गरेका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा र महेश–सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको विशेष उपस्थिति रहेको कार्यक्रममा हिमालय सेन्टर फर एसियन स्टडिजका तर्फबाट सुश्री एक्कुमाया पुन एवं रामानन्द–अनुसन्धान–केन्द्रका तर्फबाट सहप्राध्यापक डा गुरुप्रसाद सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, विश्वविद्यालयका कुलसचिव प्रा डा सुबोध शर्मा, संस्थापक कुलसचिव प्रा डा सीताराम अधिकारी, पूर्व कुलसचिव भद्रमान तुलाधर, प्रा शिवगोपाल रिसाल, शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला एवं आध्यात्मिक अभियानकर्मी डा चिन्तामणि योगीको समेत उपस्थिति थियो ।

नेपालमा गुरुकुल शिक्षाका अभियानकर्मी एवं महेश सन्यास आश्रमका संस्थापक श्री १००८ डा स्वामी रामानन्द गिरीको संस्मरणका साथ सञ्चालन गरिएको कार्यक्रममा वक्ताले आध्यात्मिक क्षेत्रमा स्वामीले दिएको विशिष्ट योगदानको चर्चा गरेका थिए । सो अवसरमा रामानन्द रिसर्च सेण्टर (आरआसी) द्वारा प्रकाशित प्रा डा विद्यानाथ कोइरालाको कृति ‘पुख्र्यौली विज्ञान’ को विमोचनसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस