काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसहित हालसम्म कोरोना भाइरस संक्रमणका कारण नेपालमा ११ हजार ३८८ जनाको मृत्यु भएको छ । त्यस्तै बितेको २४ घण्टामा ५६९ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा संक्रमिच मध्यको ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।