२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीश जबराले तोके ८ वटा पेसी

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (शुक्रबार) का लागि ८ वटा पेसी तोकेका छन् ।

अन्य दिन आफ्नो एकल इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका प्रधानन्यायाधीश जबराले शुक्रबार भने आफूलाई न्यायाधीश कुमार चुडालसँग संयुक्त इजलासमा पेसी तोकेका हुन् ।

प्रधानन्यायाधीश जबराले शुक्रबार तोकेका पेसीमा दीपकुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, टंकबहादुर मोक्तान र हरि फुयाल प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्मा तथा चोलेन्द्रशमशेर जबरा र डा.कुमार चुडालको संयुक्त इजलास गठन गरेका छन् ।

एकल इजलासमा डा. आनन्दमोहन भट्टराईलाई बन्दी प्रत्यक्षीकरण सहितका मुद्दाको पेसी तोकेका छन् ।

बुधबार आफ्नो एकल इजलासमा ५ वटा मुद्दाको पेसी तोकेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने पूर्व न्यायाधीश भैरव लम्सालको निधनका कारण इजलासमै बसेनन् ।

शुक्रबारका लागि पनि आफ्नो एकल इजलास तोकेर सुनुवाइ गर्ने आशङ्कालाई चिर्दै प्रधानन्यायाधीशले आफूलाई संयुक्त इजलासमा राखे । तर न्यायाधीशहरूले शुक्रबारका लागि पनि आन्तरिक छलफल राखेका कारण एकल वा संयुक्त इजलास बस्ने सम्भावना ज्यादै कम छ ।

इजलास बहिष्कार गर्नकै लागि न्यायाधीशहरूले बिहान साढे ११ बजेका लागि आन्तरिक छलफलको समय छुट्याएका छन् । जसका कारण शुक्रबार पनि इजलास बस्ने सम्भावना ज्यादै न्यून छ ।