काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बिहीबार) का लागि ८ वटा इजलास तोकेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोकेका हुन् ।
सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन् ।
सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् ।
तर हिजो (बुधबार) उनले आफ्नो एकल इजलासमा पाँच वटा निवेदनमा सुनुवाइ गरेका थिए ।
बिहीबारका लागि पनि उनले आफ्नो एकलसहित ८ इजलास तोकेका हुन् ।
प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।
राजीनामाको माग गर्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन् ।
बिहीबारका १६७ मुद्दाको पेशी तोकिएको छ ।