काठमाडौँ । म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको को आधारमा काठमाडौँको प्रशासनले धापासीस्थित एक गोदाममा छापा मारेको छ ।
धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत नयाँ मिति राख्दै गरेको अवस्थामा १४ लाख बराबरको सामान बरामद गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।
पक्राउ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ वर्षीय सबिन घिमिरे रहेका छन्। उनलाई प्रशासनले ३ लाख जरिवाना तिराएको बताइएको छ ।
उक्त गोदाममा अहिले शिल गरिएको छ ।







