२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली

अ+ अ-

दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् ।

हिजो (सोमबार) आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभ दीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हुलाकी सडकले पूर्णता पाए मात्र दक्षिणी भेगको विकास हुने र त्यसमा आफूले सक्दो सहयोग पुर्‍याउने जोड बताए ।

हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसङ्ग कोट्याउँदै ओलीले भने, ‘हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मलाई सम्झिनु हुन्छ ।’

हुलाकी सडकमा पर्ने सीमावर्ती गौरीगञ्ज बजारलाई आफू प्रधानमन्त्री भएका बेलामा स्मार्ट सिटीको रूपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउँदै उनले अब देशभरिका स्मार्ट सिटीका रूपमा गौरीगञ्जले छिट्टै फड्को मार्ने बताए । उनले भने, ‘गौरीगञ्ज सहर पहिलाको जस्तो होइन, आधुनिक गौरीगञ्जका रूपमा विकसित हुनेछ ।’

देशलाई स्थायी समृद्धिको यात्रामा लैजान आफ्नो सरकारका पालामा प्रशस्त काम भएको चर्चा गर्दै उनले भने, ‘फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, रु एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम, महिला सशक्तीकरणको सवालमा उल्लेखनीय काम भएका छन् ।’

सोही कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिकाको समग्र विकासका लागि ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसैगरी पूर्व प्रम ओलीले गौरीगञ्जस्थित रतुवाखोलामा निर्माण भएको पुलको समेत निरीक्षण गरेका थिए ।

एक दशकअघि पुल निर्माण भए पनि पुल अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । पुल नियमितरूपमा सञ्चालन हुन नसक्दा दक्षिणी भेगका बासिन्दा पूर्वी मोरङसम्म आवतजावत गर्न सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस