२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) कैलाली र बर्दियाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणको लागि हिजो (बिहीबार) सुदूरपश्चिम प्रदेश गएका देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बिहीबार डोटी, बझाङ र डढेल्धुरामा भएको क्षतिको अवलोकन गरी प्रधानमन्त्री त्यही क्षेत्रमा नै बसेका छन्।

आज थप क्षेत्रको निरीक्षण गरी दिउँसो चार बजेपछि काठमाडौँ फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए।

बिहीबार बिहान काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर बाढीपहिरो र डुबानको स्थलगत जानकारी लिएको छ।

प्रधानमन्त्रीले साँझ कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका थिए।

त्यस क्रममा प्रधानमन्त्री देउवाले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन्।

टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।