१८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गर्न सांसदको प्रस्ताव « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गर्न सांसदको प्रस्ताव


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् ।

सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् ।

सांसद मातृका यादवले भने लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने धारणा राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस