३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ र ललितपुरबाहेक अन्यमा एमालेको उम्मेदवार तय

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेक अन्य महानगरपालिका र उपमहानगरपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा सोमवार सम्पन्न स्थायी कमिटीको बैठकले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा मानबहादुर बिसी र उपप्रमुखमा मञ्जु गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिव्या आचार्य, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा हरिबोल महतका नामबारे निर्णय भएको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । हैटौँडाको उपप्रमुखबारे निधो हुन बाँकी छ ।

यस्तै काठमाडौँ र ललितपुरमा उम्मेदवार चयनबारे मङ्गलबार बिहान पार्टीको स्थानीय कमिटीसँग परामर्श गरी स्थायी कमिटीले निर्णय गर्नेछ । काठमाडौँको प्रमुखका लागि प्रदेश कमिटीबाट जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्य र सावित्रा भुसालको नाम सिफारिस भएको छ भने पूर्वप्रमुख केशव स्थापित पनि दाबेदार छन् । उनीहरु सबैका विषयमा बैठकमा छलफल भएको बुझिएको छ ।

पहिलो चरणमा यही वैशाख ३१ हुने स्थानीय निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी मनोनयनको कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस