२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व पर्यटन दिवस : विभिन्न देशका राजदूत एकैपटक पोखरामा

अ+ अ-

गण्डकी । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख हिजो (आइतबार) पोखरा आएका छन् ।

उनीहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे।

कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आएका छन्। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूटनीतिक नियोगका प्रमुखसमेत पोखरा आएका छन् ।

राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको सचिव पौडेलले बताए । विदेशी राजदूतसहित विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताए । यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उनले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राखे ।

राजदूतसहितको टोलीको सम्मानमा हिजो (आइतबार) साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रि भोज आयोजना गरिएको छ । आज सोमबार कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ ।

सोमबारै (आज) पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उनीहरू सहभागी हुने कार्यक्रम छ । विशिष्ट कूटनीतिज्ञको पोखरा आगमनले विश्व पर्यटन बजारमा पोखराको सकारात्मक सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताए ।

‘यतीका सङ्ख्यामा राजदूतसहितका कूटनीतिज्ञ पोखराको औपचारिक भ्रमणमा आउनुभएको सम्भवतः यो पहिलो पटक हो’, उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई लयमा फर्काउनका लागि पनि यस भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ भ्रमणले पोखरा एक पटक घुम्नै पर्ने गन्तव्य हो र पर्यटकलाई आतिथ्यता प्रदान गर्न यहाँका व्यवसायी तयार छन् भन्ने सन्देश पनि यस भ्रमणले दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस