माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माओवादी फेरि एक नम्बरको पार्टी बन्छ : अध्यक्ष प्रचण्ड


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।

उनले यो कुरा आज (बुधबार) पोष्टबहादुर बोगटीको सातौँ स्मृति सभामा भनेका हुन्।

‘सङ्गठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियामा आउने वित्तिकै हामीलाई पाँच सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’

Tags :
प्रतिक्रिया दिनुहोस