सत्तारूढ गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सत्तारूढ गठबन्धनको बैठक बस्दै


२५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक आज (शुक्रबार) बस्दै छ।

आज बिहान ९ बजे बस्ने बैठकमा अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे छलफल हुने छ।

एमसिसी उपाध्यक्ष फतिमा सुमार काठमाडौँ आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेट गरिरहेकी छिन्।

उपाध्यक्ष सुमारले हिजो (बिहीबार) सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी छन् ।

उनले आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका अन्य दलका शीर्ष नेतालाई भेट्ने कार्यसूची छ।

एमसिसीबारे साझा धारणा बनाउन भन्दै बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने छ।

गठबन्धनको बैठक हिजो ९बिहीबार० पनि बसेको थियो। तर बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएको र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल ढिलो गरी पुगेपछि हिजो कुनै पनि विषयमा छलफल हुन नपाएको काँग्रेस नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस