२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फराकिलो बनाइँदै, बुलबुले ताल

अ+ अ-

कर्णाली । सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदै छ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो ।

प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर्ष २०७६/०७७ देखि बुलबुले क्षेत्रमा संरचना निर्माणको काम अघि बढाएको हो । ताल विस्तारका लागि हालसम्म रु दुई करोड खर्च भइसकेको छ । आयोजनामा प्राविधिक सहयोग गरिरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतका इन्जिनियर गोकर्ण थापाले १२ हजार वर्गमिटर क्षेत्रफलमा रहेको ताल बढाएर २८ हजार ५०० वर्गमिटर बनाउन लागिएको बताए ।

उनका अनुसार बुलबुले क्षेत्र हुँदै बगिरहेको इत्राम खोलामा तटबन्ध निर्माण, पैदल मार्ग, ताल विस्तारको काम सम्पन्न भइसकेको छ भने यस वर्ष वनभोजस्थलतर्फ पुग्न खोलामा झोलुङ्गे पुल निर्माण गरिनेछ । विस्तार गरिएको तालमा पानी चुहिने समस्या भएकाले ताल पूर्णरुपमा भरिन पाएको छैन ।

‘पानी लिकेज भएकाले ताल भरिन पाएको छैन, प्राविधिक त्रुटि के भयो भनेर अध्ययन गर्दै छौँ’, इन्जिनियर थापाले भने, ‘यस वर्ष पानीको लिकेज बन्द गर्नुका साथै १० वटा वनभोज स्थल, स्नान घर निर्माण गरिने छ, उद्यानलाई समेत व्यवस्थित बनाइनेछ ।’ साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ । कर्णाली आउने हरेक पर्यटकको रोजाइमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत ३०० पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ ।

विसं २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै सङ्घीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । नगरप्रमुख देवकुमार सुवेदीले तालको संरक्षणसँगै यसको आकर्षण र महत्त्व झन् बढ्ने बताउँदै भने, ‘बुलबुले सुर्खेतको मुख्य चिनारी हो, यसको व्यवस्थित विकास गरेर हेर्न लायक बनाउँदै छौँ ।’ उनले बृहत् गुरुयोजनाअनुसारका सबै संरचना निर्माण गरिने जानकारी दिए ।

बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको सङ्कलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरुषका लागि पाँच/पाँच वटा धारा छन् । ताल विस्तार सम्पन्न भइसकेपछि र्याफ्टिङ सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस