पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाल्पामा घर भत्किँदा एक बालिकाको मृत्यु


१३ भाद्र २०७८, आइतबार


पाल्पा । अविरल वर्षाका कारण घर भत्किँदा पाल्पामा आज आइतबार बिहान १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ढुङ्गा माटोले पुरिएको अवस्थामा उद्धार गरेर मिसन अस्पताल लगिएको बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैबिच, वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग लगायत जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् । राम्दीदेखि चिडियाखोलासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।

दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा, पैठेडाँडा, हेडबक्स, झरना लगायतका स्थानमा पहिरो खसेको छ।

प्रहरीको अनुसार राजमार्गको पाल्पास्थित आर्यभन्ज्याङ–राम्दी सडकको पिपलडाँडा राम्दी क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस