अफगानिस्तानका सरकारी कर्मचारीले तलब माग गर्दै एक बैङ्क बाहिर गरे प्रदर्शन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानका सरकारी कर्मचारीले तलब माग गर्दै एक बैङ्क बाहिर गरे प्रदर्शन


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ। अफगानिस्तानका सरकारी कर्मचारीहरुले आफूले काम गरे बापतको तलब माग गर्दै काबुलको एक बैङ्क बाहिर प्रदर्शन गरेका छन् ।

सयौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ घानी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् ।

सरकारले विगत ६ महिनादेखि तलब भुक्तान नगरेको भन्दै उनीहरुले ३ देखि ४६ महिनाको तलब भुक्तानी गर्न माग गरेका हुन् । तालिबानले सत्ता हातमा लिएपछि डर र त्रासकाबीच बाँचेका उनीहरुले गरेको प्रदर्शन निकै महत्त्वपूर्ण भनिएको छ ।

पछिल्लो समय अफगानिस्तानमा पानी र खानाका लागि तड्पिरहेका उनीहरुले आफूहरू तलबबाट वञ्चित भएको बारे तालिबानको पनि ध्यानाकर्षण गरेका छन् । अफगानिस्तानमा सयौँ सरकारी कर्मचारी पलायन भइसकेका छन् भने बाँकी प्रदर्शनमा उत्रेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस