भारतद्वारा दुई जना नेपालीको काबुलबाट उद्धार, ३१७ जना नेपाली अझै उद्धारको पर्खाइमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतद्वारा दुई जना नेपालीको काबुलबाट उद्धार, ३१७ जना नेपाली अझै उद्धारको पर्खाइमा


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । भारतले आज दुई जना नेपालीलाई काबुलबाट उद्धार गरेको छ ।

आइतबार ८७ जना भारतीयसहित दुई नेपालीलाई पनि उद्धार गरेको भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

काबुलमा अहिले पनि ३१७ जना नेपाली उद्धारको पर्खाइमा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

आफ्नो विवरण दिएका नेपाली लाई अमेरिका, जर्मनी, बेलायत र भारतसँग समन्वय गरेर ल्याइने मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५०४ जना नेपालीलाई काठमाडौँ मा ल्याइएको छ । साथै सरकार ले बाह्य सहयोग लिएर अफगानिस्तानमा रहेका नेपाली को स्थलगत विवरण सङ्कलन पनि सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस