काठमाडौँ । निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारी र परिवारका सदस्यहरूको औषधोपचारका लागि समय तोकिएको छ । अस्पतालद्वारा जारी सूचनाअनुसार बिहान ९ देखि ११ बजेसम्म बहिरङ्ग(ओपिडी) को समय निर्धारण गरिएको हो ।
उक्त सेवाका लागि अस्पतालको टिकट काउन्टर ४, ५ र ६ तथा ल्याब स्याम्पल कलेक्सनका लागि कोठा नं. १०१ तोकिएको अस्पतालले जनाएको छ ।
