२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार शुरु भएको छ ।

एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल ¥यालीकै शैलीमा वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो । एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन् । र्‍यालीपछि हुने अखिल फोर्सको राष्ट्रिय भेलालाई नेता नेपालले सम्बोधन गर्ने बताईएको छ ।

नेपाल पक्षले ओली पक्षलाई आफू कमजोर नरहेको सन्देश दिने गरी शनिबार भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्‍याली गरिएको छ । उक्त र्‍यालीमा ‘अखिल फोर्स’ लेखिएका रातो झण्डासहित विद्यार्थी र युवाहरु सहभागी भएका छन् ।

एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ । यस्तोमा माधव पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ ।