अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकु मारिए « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अफगान सुरक्षाबलको कारबाहीमा परी २३ तालिबान लडाकु मारिए


१४ श्रावण २०७८, बिहिबार


मैमाना । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा लुकेर बसेका २३ तालिबान लडाकु अफगान सुरक्षाबलको कारबाहीमा मारिएका छन् ।

फर्याब प्रान्तको पासतुन्कोट र आल्मार जिल्लामा लुकेका तालिबान लडाकु लक्षित अफगान सुरक्षाबलले बुधवार गरेको हवाई कारबाहीमा परी २३ तालिबान लडाकु मारिएका सेनाका प्रवक्ता मोहमद हानिफ रेजाईले बिहीबार बताएका छन्।

बुधवार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा भारी सङ्ख्यामा हातहतियार, लडाकु समूहका चार ओटा मोटरसाइकललगायतका सामग्रीहरु बरामद गरिएको पनि सरकारी स्रोतले जानकारी दिएको छ । तालिबानले नियन्त्रणमा लिएको अन्य प्रान्तमा पनि खोजी तथा सुरक्षा कारबाहीको कार्य जारी राखेको सरकारी सेनाले बताएको छ ।

फर्याब प्रान्तको प्रमुख भाग नियन्त्रणमा लिएर प्रान्तीय राजधानी मैमाना सहर कब्जा गर्न आक्रमण गरिरहेका तालिबान आतंकवादीहरूले अहिले कुनै टिप्पणी गरेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस