विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ताको तयारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ताको तयारी


प्रशासन संवाददाता

६ श्रावण २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज ४ बजे भेटवार्ताको तयारी भएको छ । स्रोतका अनुसार यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लवले प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।

भेटमा विप्लव समूहका नेताहरू तथा सरकार पक्षका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने स्रोतले जनाएको छ ।

विप्लवले यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुसँग पनि भेट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस