सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलायो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलायो


प्रशासन संवाददाता

३१ असार २०७८, बिहिबार


काठमाडौँ । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाएको छ ।

बिहीबार (आज) बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला सुनाउँदै साउन ३ गतेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस