निवर्तमान प्रधानमन्त्री ओलीले छाडे सरकारी निवास बालुवाटार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

निवर्तमान प्रधानमन्त्री ओलीले छाडे सरकारी निवास बालुवाटार


३० असार २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि मङ्गलवार पदमुक्त भएका ओलीले आज सरकारी निवास छाडेका हुन् ।

ओलीलाई दर्जनौँ नेता, कार्यकताहरुले सवारी साधनसहित बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।

सर्वोच्च अदालतले असार २८ मा प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।

देउवाले बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गरी बुधवार साँझ नै कार्यभार पनि सम्हालिसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस