काठमाडौँ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको हो ।
उडान खुल्ला गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पर्यटन मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान सुचारु हुने मिति र ढाँचाबारे जानकारी दिनेछ ।
दोस्रो लहरको कोरोना कहरसँगै वैशाख २० गतेदेखि बन्द उडानहरू ६९ दिनपछि बिहीबारदेखि आन्तरिक उडान ५० प्रतिशत अकुपेन्सीमा सञ्चालनमा आएका थिए । सरकारले नेपाल र भारतबाहेकको अन्तर्राष्ट्रिय उडान पनि वैशाख २३ देखि बन्द गर्ने निर्णय गरेको थियो ।
नेपालले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरे पनि केही मुलुकहरूले भने नेपालमा उडान प्रतिबन्ध लगाएका छन् ।







