काठमाडौँ । आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र देशको तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु सक्रिय हुँदा हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भई एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यसै गरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यता, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यसै गरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।