चिकित्सा शिक्षा आयोगलाई स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

चिकित्सा शिक्षा आयोगलाई स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति


१५ असार २०७८, मंगलबार


काठमाडौँ। कोरोना सङ्क्रमणको उच्च जोखिम भएकाले कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

सीसीएमसीले साउन ९ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यका बाहिर र भित्रका केन्द्रमा प्रवेश परीक्षा सञ्चालनको लागि अनुमति दिएको छ ।

प्रवेश परीक्षासम्बन्धी थप निर्णय आज बैठक बसेर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

कोरोना महामारीको जोखिमका कारण चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन हुन नसक्दा २५ हजारभन्दा बढी विद्यार्थी प्रभावित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस