२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति

अ+ अ-

बेइजिङ । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।

चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् ।

यी खोपहरु चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताए ।

उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने विश्वास व्यक्त गरे । चिनियाँ अधिकारीहरुले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् ।

चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ ।