२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट

अ+ अ-

पर्वत । गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले प्राप्त गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा मूल्यांकन हुने गरेको छ ।

ती विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अंक प्रदान गरिन्छ । अघिल्लो वर्ष ७८ प्रतिशत अंकसहित प्रथम भएको पर्वत अस्पताल यस वर्ष ६५ प्रतिशत अंकसहित पुनः पहिलो बनेको हो । अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र कर्मचारी सबैको सामूहिक बलबाट नै यस वर्ष पनि पहिलो भएको पहाडीको भनाइ छ ।

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका योजनाहरूमा प्रदेश सरकार, जनप्रतिनिधि तथा अन्य संघ संस्थाहरूको सहयोग र अस्पतालको सिङ्गो टिमको सक्रिय खटाइका कारण आएको नतिजाले अस्पतालको सेवा र सुविधालाई झनै प्रभावकारी बनाउन प्रेरणा मिलेको अध्यक्ष पहाडीले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ढुण्डिराज पौडेलले गत आर्थिक वर्षमा निर्धारण गरिएका सूचकहरूमा केही परिवर्तन गरिनु, निर्माणका कारण अस्पतालका पुराना भवन भत्काइनु तथा फोहोरमैला व्यवस्थापनको कामका लागि स्थान अभावका कारण अझ सोचे जस्तो काम गर्न नपाएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष कम अंक प्राप्त भएको बताए ।

पर्वत अस्पतालले यस वर्ष पनि विगतका सेवाहरूलाई निरन्तरता दिँदै कोरोना संक्रमितहरुको उपचारका लागि ३५ श्ययाको आइशोलेसन सञ्चालन गरिरहेको छ ।

यस वर्ष ६२ प्रतिशत अंकका साथमा स्याङ्जा अस्पताल दोस्रो स्थानमा आएको छ भने ६१ प्रतिशत अंकका साथमा दमौली अस्पताल तेस्रो स्थानमा रहेको छ । अघिल्लो आर्थिक वर्ष दमौली अस्पताल दोस्रो स्थानमा रहेको थियो ।