काठमाडौँ । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरेका हुन् ।
विज्ञप्तिमा बाढी, पहिरो र डुवानबाट पीडित जनतालाई आवास, खाद्यान्न लगायतका राहत प्रभावकारी बनाउन माग गरिएको छ।