काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी ह्वीप उल्लङ्घन गरेको आरोपमा नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले सात प्रदेश सांसदलाई निलम्बन गरेको छ । सोमबार बसेको दलको बैठकले ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
प्रदेश सांसदहरू पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपाल चौधरी र ग्याल्बोसिंह बोहरालाई निलम्बन गरेको हो । उनीहरूमध्ये बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय गरिएको एक नेताको भनाई छ ।
निलम्बनमा परेका उनीहरूले गत जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णयको विपक्षमा मतदान गरेका थिए । यससँगै उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।