काठमाडौँ । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।
एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जानकारी दिएकाे छ।
अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।
राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार रहेका छन् ।