विमला खत्री माओवादीमा प्रवेश गरेसँगै एकल बहुमतको सरकार बनाउन पोखरेललाई चुनौती « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विमला खत्री माओवादीमा प्रवेश गरेसँगै एकल बहुमतको सरकार बनाउन पोखरेललाई चुनौती


१९ बैशाख २०७८, आइतबार


बुटवल । लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री नेकपा माओवादीमा प्रवेश गरेसँगै शङ्कर पोखरेललाई एक सरकार बनाउन कठिन हुने देखिएको छ ।

खत्री माओवादीमा गएसँगै १६८ को १ अनुसार बहुमत प्राप्त दलको हैसियतले सरकार बनाउने बाटो मुख्यमन्त्री पोखरेलका लागि असहज भएको हो ।

उनी नेकपा रहँदै दाङबाट प्रदेशसभा ३ ९ख० बाट उपचुनाव जितेकी थिइन् ।

माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेशसभालाई गराइसकेको छ। प्रदेशसभा संसद् सचिवालयले केही बेरमै विवरण अद्यावधिक गरेर सूचना प्रकाशन गर्ने तयारी गरेको छ ।

६ जना सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेश सभामा ८१ जना सदस्य छन्। तीमध्ये ४१ जना एमालेका सांसद भएकाले मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउने बताएका थिए।

वलीले माओवादी रोजेसँगै प्रदेश सभामा अब पोखरेलको बहुमत नपुग्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस