२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेगखोलामा सात करोडको खानेपानी आयोजना

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो ।

छ चरणमा निर्माण हुने आयोजनाबाट बेग, सीमफाँट, सिरबारी, सेउलु, बादुक र औलाका चार सय ५० घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष पूर्ण परियारले जानकारी दिए ।

उनका अनुसार सरकारको ८० प्रतिशत अनुदान, उपभोक्ताको १९ प्रतिशत श्रमदान र एक प्रतिशत नगद सहभागितामा आयोजना निर्माण हुन लागेको हो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने उपभोक्ता समितिका सहसचिव खिमबहादुर फगामीले बताए ।

चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी निर्माणकार्य सकिएको छ । मुख्य र वितरण पाइपलाइन विस्तार, मुहान र रिजर्भ ट्याङ्की तथा भल्ब च्याम्बर निर्माणकार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष परियारले जानकारी दिए ।

मुहानमा इन्टेक, मुख्य पाइपलाइन, एक लाख लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की र वितरण लाइनमा “भल्ब च्याम्बर” निर्माण भएको छ । घर÷घरमा मिटरसहितको निजी धारा जडान गरेपछि खानेपानी वितरण गर्ने तयारी भएको छ । स्थानीय बासिन्दा उत्साहित भएर श्रमदानमा जुटेका छन् ।
भल्ब च्याम्बर, रिजर्भ ट्याङ्की, मुख्य वितरण पाइपलाइन निर्माण गर्ने काममा स्थानीयवासीले श्रमदान गरेका छन् । प्रति घर एक महिना भन्दा बढीका दरले श्रमदान गरेका हुन् । घरमै खानेपानी आउने भएपछि सुविधा हुने अपेक्षा गरिएको औलाकी बालकुमारी शर्माले बताए ।

बेगका बासिन्दाले हाल सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका छन् । पुरानो आयोजनाबाट आवश्यकता अनुसार खानेपानी आपूर्ति हुनसकेको छैन् । निजी धारा जडान गर्दा खानेपानीका साथै करेसाबारीको सिँचाइमा पनि सुविधा पुग्ने र आयोजनाको दिगो सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुग्ने उपभोक्ता समितिका सदस्य नेत्र पुनले बताए । रासस

प्रतिक्रिया दिनुहोस