बजेट ल्याएर दाहालले सरकार छाड्नेः पूर्वमन्त्री पुन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बजेट ल्याएर दाहालले सरकार छाड्नेः पूर्वमन्त्री पुन


प्रशासन संवाददाता

२५ चैत्र २०७३, शुक्रबार


रुपन्देही । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान सरकारले नै बजेट ल्याउने बताएका छन् ।

पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भए पनि बजेट घोषणा गरेर मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारबाट बाहिरिने बताए

शुक्रवार बुटवलमा प्रेस सेन्टर प्रदेश नं ५ को गरेको पत्रकार भेटघाटमा नेता पुनले बजेट ल्याएर दाहालले सरकारको नेतृत्व छोड्नु हुने बताए ।

उनले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताए ।

पुनले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको बताए । उनले भने–“अब निर्वाचन सर्ने कुनै कारण छैन । मतपत्र छापिएको छ, म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’’

मधेसवादी दलहरुका मागलाई समेटेर छिट्टै संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने उनको भनाइ छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस