लोक सेवा आयोगका तत्कालीन शाखा अधिकृत शाहीविरुद्ध विशेष अदालतमा मुद्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लोक सेवा आयोगका तत्कालीन शाखा अधिकृत शाहीविरुद्ध विशेष अदालतमा मुद्दा


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । अख्तियार दरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ ।

अधिकृत शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो तहको परीक्षामा प्रशिक्षार्थीले दिएको उत्तरपुस्तिका सच्याएको पुष्टि हुन आएकोले उनीविरुद्ध आज (बुधबार) विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएको छ ।

अख्तियारले तत्कालीन शाखा अधिकृत शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य भएको भन्‍दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५(१) बमोजिम मुद्दा दायर गरेको प्रवक्ता रिसालले जानकारी दिए ।

सम्बन्धित समाचार : छोरीलाई एक नम्बरमा पास गराउन खोज्ने लोक सेवाका अधिकृतलाई कारबाही

Tags :
प्रतिक्रिया दिनुहोस