कर्णाली प्रदेशका रिक्त तीन मन्त्रालयको जिम्मेवारी कानूनमन्त्री र कृषिमन्त्रीलाई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कर्णाली प्रदेशका रिक्त तीन मन्त्रालयको जिम्मेवारी कानूनमन्त्री र कृषिमन्त्रीलाई


२८ चैत्र २०७७, शनिबार


कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रिक्त तीन मन्त्रालयको पदपूर्ति गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दिएको राजीनामा मुख्यमन्त्री शाहीले स्वीकृत गरेका छन्।

उनले तीनै राजीनामा स्वीकृत गरेपश्चात रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई दिएका छन् ।

त्यस्तै, आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलाई दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस