२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक प्रलोभनका कारण हत्याः राज्यमन्त्री बानियाँ

अ+ अ-

जाजरकोट । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताएका छन् ।

जाजरकोट सदरमुकाममा सोमवार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले अनुसन्धानमा अपराध अनुसन्धान ब्युरो, विभिन्न प्रविधि प्रयोग भएका कारण हत्याराको पहिचान भइसकेको उनले बताए ।

अप्ठ्यारो ठाउँमा नै बढी आपराधिक घटना हुने गरेको भन्दै माओवादीको युद्ध पनि अप्ठ्यारो ठाउँबाट भएको उनले बताए । जिल्लाका एनजिओ सुरक्षाका कारण देखाउँदै गाउँ जान अस्वीकार गरिरहेका बेला निर्धक्क भएर गाउँमा काम गर्न आग्रह गर्दै सरकारले शान्ति सुरक्षाको पाटो मजबुत बनाएको दाबी गरे ।

जिल्लामा छ जना प्रहरी निरीक्षकको दरबन्दी भएकोमा अहिले एकजना मात्रले काम चलाएको पाइएकाले तुरुन्तै दरबन्दीअनुसारको सुरक्षाकर्मी पठाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं. १ का सभापति महेन्द्र शाहले हत्या भएका रवीन्द्र शाहलाई सरकारले सहिद घोषणा गर्न माग गरे । निर्वाचन आचारसंहिता लागेका बेला गृहराज्यमन्त्री इन्द्र बानियाँले हेलिकप्टर प्रयोग गरेको भन्दै आलोचनासमेत भएको छ । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले आचारसंहिता विपरीत मन्त्रीले यस्तो गर्नु राम्रो नभएको बताए ।

राज्यमन्त्री बानियाँ सोमवार बिहान ११ बजे हेलिकप्टरबाट आएर अपरान्ह ४ बजे काठमाडौँ प्रस्थान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस