यो विप्लवको सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

यो विप्लवको सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली


२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले साहसिक ‘सेफ ल्याण्ड’ गरेको बताएका छन् ।

आज (शुक्रबार) सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा बोल्दै उनले भने, ‘यो फोर्सल्याण्डिङ, क्र्यास ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो ।’

उनले अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको पनि बताएका छन् । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशामा कोही नभएको उनले बताए ।

हिंसात्मक द्वन्द्व नभएको र शान्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा आएको भन्दै विप्लवलाई बधाई र धन्यवाद पनि दिए । उनले विप्लवसँग रातारात सम्झौता नभएको पनि बताएका छन् ।

‘रातारात होइन, वर्षौदेखि वार्ता चलिरहेको थियो । वार्ता नगरा बजाएर गरेनौँ । गम्भीरताका साथ वार्ता गर्‍यौं’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस