२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

अ+ अ-

सप्तरी । मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ ।

बलान बिहुल–४ बेल्हीमा हुने महायज्ञमा नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक आगमन रहने यज्ञ समितिका अध्यक्ष शङ्कर गुप्ताले जानकारी दिए । घर फर्किन नसक्ने श्रद्धालुको खाना र बासको व्यवस्थापनसमेत गरिने जनाइएको छ ।

एक हजार जनाको कलशयात्राले शुक्रबार गाउँ परिक्रमा गरी यज्ञस्थल प्रवेश गरेपछि शनिबारदेखि यज्ञ प्रारम्भ हुने बताइएको छ । हवन कुण्ड, पसल कक्ष, विभिन्न घुम्तीमा प्रवेशद्वार र यज्ञस्थलसम्म जाने ग्राभेल सडकको निर्माण भइसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले शौचालय, खानेपानी, पार्किङको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बताए ।

विभिन्न देवीदेवताका१५१ माटाका मूर्ति तयार गरिएको महायज्ञस्थलमा रामझुला, मौतका कुवाँ, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । गाउँपालिकाले दाल, चामल, तेलसहित साढे रु पाँच लाख र वडा कार्यालयले रु दुई लाखको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारत अयोध्या बरछौनीका डा मानस मधुकर मुख्य प्रवचक हुने महायज्ञका लागि वृन्दावनबाट गौतम रासलीला र रामलीला प्रस्तुत हुने छ । यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा यज्ञकर्ता रामरतन दासले महायज्ञबाट सामाजिक विकृतिको अन्त्य तथा मानवता र आम्तीयतासहितको मानव समुदाय विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।